बलात्कार मुद्दामा भाजपाका पूर्वसांसद सेंगरलाई २५ लाख जरीवानासहित आजीवन कारावास

बलात्कार मुद्दामा भाजपाका पूर्वसांसद सेंगरलाई २५ लाख जरीवानासहित आजीवन कारावास

भारत : भारतीय जनता पार्टीका नेता तथा उत्तरप्रदेश विधानसभाका सांसद कुलदीप सिंह सेंगरलाई बलात्कारको अभियोगमा जिल्ला अदालत नयाँ दिल्लीले २५ लाख जरिवाना र आजीवन कारावासको सजाय सुनाएको छ।

सेंगर सन् २०१७ उत्तरप्रदेशको उन्नाओमा एक छात्रालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए। शुक्रबार अदालतले उनलाई दोषी ठहर्‍याउँदै आजीवन कारावास र २५ लाख जरिवानाको सजाय सुनाएको हो।

न्यायाधीश धर्मेष शर्माको इजलासले सुनुवाईमा २५ लाख जरिवाना एक महिना भित्र तिरिसक्न आदेश दिएको छ । सेंगरले राष्ट्रसेवक हुनुको नाताले जनताको विश्वास माथि घात गरे’ न्यायाधीशले सजाय सुनाउँदै भनेका थिए। त्यस्तै अदालतले पीडित परिवारलाई १० लाख क्षतिपूर्ती समेत दिन आदेश दिएको छ।