भारतमा नागरिकता विधेयकको चर्को विरोध, हालसम्म तीन जनाको मृत्यु

भारतमा नागरिकता विधेयकको चर्को विरोध, हालसम्म तीन जनाको मृत्यु

काठमाण्डौ : भारतमा नागरिकतासम्बन्धी विधेयकलाई लिएर भएको प्रदर्शनमा अहिलेसम्म नौ जनाको मृत्यु भएको छ।हिजो मात्र तीन जना प्रदर्शनकारीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।भारत सरकारले ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो।

प्रदर्शनका कारण राजधानी नयाँदिल्लीमा २० भन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको साथैमोबाइल सेवा अवरुद्ध पारिएको छ। प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन्।

भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानुनी व्यवस्था रहेका छ। अंगीकृत नागरिकताका लागि भने ६ वर्षमात्र बसेको वा काम गरेको हुनुपर्ने नयाँ कानुनी व्यवस्था गरिएको छ। मुस्लिमहरुलाई भने कानुनले विभेद गरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन्। हिजो मात्रै भारतीय गृहमन्त्री राजनाथ सिंहले भारतविरोधी तत्वहरुले छिमेकी देश नेपाल र भुटानको सीमा क्षेत्र प्रयोग गरेर आफ्नो देशको शान्ति सुव्यवस्था खल्बल्याउने कार्य गरिरहेको र छिमेकी मुलकसँगको सम्बन्धमा फाटो ल्याउन खोजेको आरोप लगाएका छन् ।