डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, बोल्नै नसक्ने भए

डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, बोल्नै नसक्ने भए

काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। २४ दिनदेखि अनसनरत केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको बताएका छन्। रक्तचाप घटेर ७०र५० पुगेको चिकित्सकहरूको भनाइ छ।

यस्तै केसीको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाइको समस्या रहेको चिकित्सकहरूले बताएका छन्। डा केसी राम्रोसँग बोल्न पनि सकिरहेका छैनन् । डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा पनि घट्दो छ। उनलाई बेलाबेला अक्सिजन दिइएको छ।

केसीको उपचारमा रहेका चिकित्सकहरू डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आन्तरिक परामर्शमा छन्। डाक्टर सुभाष आचार्य नेतृत्वको चिकित्सक टिमले केसीको स्वास्थ्य अवस्थाबारे परीक्षण गरिरहेका छन्।