यी ७ खराब बानी जसलाई सुधार्नुभयो भने तपाईं छिट्टै बन्नुहुनेछ धनी !

यी ७ खराब बानी जसलाई सुधार्नुभयो भने तपाईं छिट्टै बन्नुहुनेछ धनी !

प्रत्येक व्यक्तिलाई धन कमाउने एक न एक मौका आउने कुरामा अर्बपति स्टीभ सीबोल्ड विश्वास गर्छन् ।

मानिसका कतिपय बानीले उसलाई धनी बन्नबाट रोक्ने उनको तर्क छ । यदि यी सात बानी सुधार्न मानिसले सकेन भने ऊ कहिल्यै पनि धनी बन्न सक्नेछैन ।

कमाइमा भन्दा बचतमा बढी जोड

धेरै मानिस कमाईमा भन्दा पनि बचत गरे धनी बन्न सकिने विश्वास गर्छन् । तर धनी बन्नका लागि बचतका साथै कमाईमा पनि उतिकै ध्यान दिन जरुरी छ ।

कसरी बचत गर्ने भनेर चिन्ता जतिकै कमाइमा पनि ध्यान दिने हो भने मानिस धनी बन्नबाट रोक्न नसकिने उनको भनाई छ । तसर्थ धनी मानिस बन्न धनी मानिसले जस्तै गर्नुपर्छ ।

धनी बन्ने हो भने पैसा सकिन्छ भनेर चिन्ता गर्नभन्दा पनि पैसा कसरी बड्छ भनेर चिन्तन गर्ने हो भने धनी बन्न पनि गाह्रो छैन ।

लगानी नगर्ने

पैसा कमाउने सबैभन्दा सजिलो माध्यम लगानी गर्नु नै हो । यदि तपाईले आजसम्म पनि लागनी गर्न शूरु गर्नुभएको छैन भने तपाई धनी बन्ने तपाईको सपनामात्र हुन सक्छ ।

जति चाँडो मानिसले लगानी गर्न शूरु गर्छ त्यति नै चाँडो उ धनी बन्न सक्छ । करोडपति हरुले आफ्नो घरायसी आम्दानीको कम्तीमा पनि २० प्रतिशत लागनी गर्ने गरेको ‘आइ विल टीच यु टु बी रिच’ नामक पुस्तकमा उल्लेख छ ।

अरूको जीवन बाँच्ने 

धेरै मानिस आफ्नो भित्री इच्छा नै पत्ता लगाउन सक्दैनन् । आफ्नो भित्री चाहना पत्ता लगाए पनि सोही विषय सँग सम्बन्धित काम गर्दैनन् । अरुकै इच्छा जिउने मानिस धनी बन्न सक्दैन ।

तसर्थ आफ्नो इच्छा जुन क्षेत्रमा छ त्यही क्षेत्रमा काम गर्ने मानिस मात्र वास्तवमा धनी बन्न सक्छ । यदि यो गल्ती नगर्ने हो भने धनी बन्न सक्दैन ।

पहिले खर्च अनि मात्र बचत

धेरै मानिस आफ्नो आम्दानीबाट पहिले खर्च छुट्याउँछन् । अथवा खर्च गरेर बचेका मात्र बचतका रुपमा प्रयोग गर्छन् । तर यो बानी नसुधार्ने मानिस धनी बन्न सक्दैन ।

निश्चित आम्दानीबाट निश्चित रकम पहिले नै बचतका लागि छुट्याउने र बाँकी मात्र खर्च गर्ने मानिस नै वास्तवमा एक दिनको धनी मानिस हो । कम्तीमा पनि आम्दानीको १० प्रतिशत बचत नगर्ने मानिस धनी बन्न सक्दैन ।

धनी बन्न सकिन्न भन्ने सोचाइ

मानिसलाई धनी बन्न सबैभन्दा पहिले सोही मानिसको सोचाईले नै रोकेको हुन्छ । धनी बन्न चाहने तर वास्तवमा धनी बन्न नसकेका धेरै मानिस ‘म धनी बन्न सक्दिन’ भन्ने हीन सोचाइबाबाट गुज्रिरहेका हुन्छन् । सबैभन्दा यो सोचाइलाई जरैबाट निमूल गरेर प्रसास गरे धनी बन्न गाह्रो नभएको विश्वास सीबोल्डको छ ।

चुनौतीबाट भाग्ने

जो कोही पनि मानिसलाई कुनै न कुनै किसिमको समस्या परिरहेको हुन्छ । तर समस्या तथा चुनौतीबाट भाग्ने मासिन वास्तवामा धनी बन्न सक्दैन ।

हर चुनौतीलाई सकेसम्म सामाधान गर्न गर्दै जाने मानिस नै भविष्यको धनी मानिस हो ।