विद्युत प्राधिकरणबाट कुलमानको विदाइ हुँदै

विद्युत प्राधिकरणबाट कुलमानको विदाइ हुँदै

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ। उनको पुन: नियुक्ति नभए घिसिङ सोमबारदेखि प्राधिकरण आउने छैनन् । त्यसैले प्राधिकरणमा उनलाई आज सामान्न्य विदाइ गर्ने कार्यक्रम रहेको छ । पुन: नियुक्ति हुने आशामा उनको विदाई कार्यक्रमको पूर्वतयार गरिएको थिएन । 

घिसिङ २०७३ साल भदौ २९ मा क्याबिनेट निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए। उनले प्राधिकरण सम्हालेपछि लोडसेडिङमुक्त गराएका थिए। यसैकारण नागरिकस्तरबाट पनि घिसिङलाई पुन: नियुक्तिका माग भइरहेका छन्।

भोलि बस्सने मन्त्रिपरिषद बैठक बैठकले घिसिङलाई पुन नियुक्तिदिने  या नयाँलाई जिम्मेबारी दिनेबारे निर्णय गर्नेछ ।