बैंकले घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने

बैंकले घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने

काठमाडाैं । व्यक्तिगत प्रयोजनका लागि घर तथा गाडी किन्न बैंकबाट लिएको कर्जाको ब्याजदर कहिल्यै परिवर्तन गर्न नपाइने भएको छ ।  । बैंकले बेला बेलामा कर्जाको ब्याजदर बढाउँदा निश्चित आम्दानी हुने सर्वसाधारण निकै मारमा परिरहेका थिए । अब  बैंकबाट घर तथा गाडी कर्जा लिँदा जती ब्याजदर तोकिएको हुन्छ, कर्जाको अन्तिम किस्ता बुझाउँदा पनि सोही ब्याजदर कायम हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै गाडी तथा घर खरिदका लागि लिएको कर्जाको ब्याजदर कर्जा अवधिभर एउटै कायम गर्न निर्देशन दिएको छ ।  बैंकहरुले बेसरेट ९आधारदर० परिवर्तन भएसँगै ब्याजदर थपघट गरिरहँदा सर्वसाधारण निश्चित आम्दानी हुने ऋणी हैरान भइरहेका थिए । बैंकले बेसरेटमा रिस्क प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्दै आइरहेका छन् । 

अब एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन हुने छैन । राष्ट्र बैंकको निर्देशिका अनुसार कुनै ग्राहकले मलाई तरलता अनुसार थपघट हुने ब्याज चाहिन्छ भन्यो भने उसलाई त्यो बिकल्प पनि दिनुपर्ने छ ।  पहिल्यै प्रवाह भएको ऋणहरुमा ग्राहकले स्थिर ब्याजदर चाहिन्छ भनेमा बौंकले ब्याज स्थिर गरिदिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यो स्थिर ब्याजदरको सुविधा गाडी र घर खरिद गर्न ऋण लिने नयाँ तथा पुराना सबै ग्राहकले पाउने छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले स्थिर कर्जाको ब्याजदर ६र६ महिनामा प्रकाशित गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकको आफुखुशी मनमरी ढंगले ब्याज बढाउने प्रवित्तिको अन्त्य भएको छ । नेपालमा अहिलेसम्म कर्जामा फिक्स्ड ब्याजदर प्राक्टिसमा आइसकेको थिएन । हालैमात्र नियुक्त भएका गभर्नर महाप्रसाद अधिकारीले गाडी तथा घरको कर्जामा फिक्स्ड ब्याजदर प्रणाली लागू गरेका हुन् । नेपालमा फिक्स्ड ब्याजदर लागू नभएको भएपनि छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकमा व्यापक प्रयोगमा आइसकेको थियो ।