आज दशरथ रङ्गशालामा नेपाल र जापान भिड्दै

आज दशरथ रङ्गशालामा नेपाल र जापान भिड्दै

काठमाडौं : आज नेपाल र जापानी फूटबल टोलीबीच दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुँदैछ । विभिन्न उमेरसमूहमा रहेका नेपाली खेलाडीले बनेको निलो टीम र जापान फूटबल लिग (जेएफएल) मा खेल्ने यु–२३ टीमबीच दिउँसो तीन बजे प्रतिष्पर्धा हुँदैछ।

नेपाली निलो टीममा सिनियर राष्ट्रिय टीम, १३औं सागमा स्वर्णपदक जितेको टीम र यू–१९ टीमका खेलाडीहरुलाई समावेश गरिएको छ। अखिल नेपाल फूटबल संघ ९एन्फा० ले यो खेल हेर्न भीआइपीतर्फ एक हजार र सामान्य प्याराफिटतर्फ पाँचसय रुपैयाँको टिकट काट्नुपर्ने जनाएको छ।

काठमाडौं आइपुगेको जापानी टीमले आइतबार नेपालको ए डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङदीसंग प्रतिष्पर्धा गर्नेछ। नेपालसँग खेल खेल्न आएका जापानी टोलीको सबै खर्च जापान फूटबल संघले व्यहोरेको छ।