बार्यन बन्यो युरोपको नयाँ च्याम्पियन, पीएसजीले गुमायो मौका

बार्यन बन्यो युरोपको नयाँ च्याम्पियन, पीएसजीले गुमायो मौका

काठमाडौं । यूइएफए च्याम्पियन्स लिगको उपाधि जर्मन क्लब बायर्न म्युनिखले हात पारेको छ ।

गएराति भएको फाइनल खेलमा फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १–० ले हराउँदै बायर्नले छैटौंपटक च्याम्पियन्स लिगको उपाधि उचालेको हो ।

पोर्चुगलको स्टाडियो डा लुजमा भएको खेलको ५९औं मिनेटमा जोसुवा किमिचको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै कोमनले बायर्नको जीत सुरक्षित गरे ।

पहिलोपटक च्याम्पियन्स लिगको पाइलनमा पुगेको पीएसजी इतिहास रच्ने मौका गुमायो ।