जसरी महिलाको सुन्दरता देखेर पुरुष लोभिन्छन् त्यसरी नै सुन्दर/स्मार्ट पुरुष देखेपछि महिला पनि हुरुक्क हुन्छन् ।
सुन्दर र स्मार्ट पुरुषप्रति महिलाको सोच कस्तो हुन्छ त ?
विवाहित, प्रेमसम्बन्धमा बाँधिएका या अविवाहित हुन्, स्मार्ट पुरुष देखेपछि सबै महिलाको मन भित्र कुनै न कुनै इच्चा पैदा हुन्छ, तर आफ्नो इच्छालाई उनीहरूले लुकाउँछन् ।
अविवाहित महिलाले के सोच्छन् ?
यदि महिला सिंगल वा अविवाहित भएमा स्मार्ट वा सुन्दर पुरुष देख्ने वित्तिकै उक्त पुरुष मेरो ब्वाइफ्रेन्ड भइदिए हुन्थ्यो भन्ने सोच्दछन् ।
सुन्दर पुरुषले जहाँ काम गर्दछ, त्यहीँ काम गर्न पाए हुन्थ्यो भन्ने उनीहरूले सोच्दछन् ।
यदि प्रेमसम्बन्धमा बाँधिएका भएमा आफ्नो प्रेमी पनि स्मार्ट वा सुन्दर भइदिएको भए हुन्थ्यो भन्ने सोच्दछन् ।
विवाहित महिलाले के सोच्छन् ?
सुन्दर पुरुष देख्नेवित्तिकै विवाहित महिलाको मनभित्र यौनसम्बन्धी भावना पैदा हुने गर्दछ ।
कैयौंले मेरो विवाह नभएको भए स्मार्ट पुरुषलाई आफ्नो जीवनसाथी बनाउन सक्थें भनेर सोच्दछन् ।
आफ्नो पति पनि स्मार्ट र सुन्दर भइदिएको भए हुन्थ्यो भन्ने धेरै विवाहित महिलालाई लाग्दछ ।
सम्बन्ध जतिसुकै लामो र राम्रो किन नहोस्, कुनै पनि विवाहित महिलाले सुन्दर पुरुषलाई देख्ने बित्तिकै उनीहरूको मनमा तरङ्ग पैदा हुन्छ ।
सुन्दर पुरुषलाई साथी बनाउन वा उसँग घुमफिर गर्न के फरक पर्दछ र भनेर सोच्ने गर्दछन् ।
सुन्दर पुरुषलाई देखेर किन पश्चाताप गर्दछन् महिला ?
यौन इच्छाका अलावा सुन्दर पुरुषलाई देखेपछि वा भेटेपछि प्रायः महिलाले जारी सम्बन्धबारे पश्चाताप गर्दछन् । यसको कारण भनेको जारी सम्बन्धमा देखिने असन्तुष्टि, अभाव र खटपट नै हो ।
कतिले त सुन्दर पुरुषलाई देख्ने वा भेट्नेवित्तिकै त्यो पुरुषसँग पहिला किन भेट नभएको होला भनेर पनि दु:ख मान्ने गर्दछन् ।
अनि यही पश्चाताप वा दुखका कारण वैवाहिक वा प्रेमसम्बन्धमा विवाद वा खटपट शुरू हुन्छ । यो कुरा पुरुषमा पनि लागू हुन्छ ।