घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । विहिबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । बुधबार स्थिर रहेको सुनको मूल्य विहिबार एकै दिन तोलामा १६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहिबार सुन प्रति तोला ९८ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि सोमबार र मंगलबार सुन एक लाख ४ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मूल्य प्रति तोला ९८ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै विहिबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार विहिबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३६० मा कारोबार भइरहेको छ ।