सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य आज स्थिर  रहेको छ । साताको पहिलो र दोश्रो दिन ओरालो लागेको सुनको मूल्य हिजो उकालो लागेको थियो । हिजो एकै दिन सुन प्रतितोला २ हजार २ सय रुपियाँ बढेको थियो । आज भने हिजोकै मूल्यमा किनबेच भइरहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज भने प्रतितोला ५ रुपियाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपियाँमा कारोबार भइरहेको छ ।