फेरि बढ्यो सुनको मूल्य, तोलाकै एक लाख कट्यो

फेरि बढ्यो सुनको मूल्य, तोलाकै एक लाख कट्यो

काठमाडाैं । मंगलबार सुनको मूल्य फेरि तोलाकै एक लाख कटेको छ। यसअघि सुन बढेर तोलाको एक लाख साढे तीन हजारसम्म पुगेको थियो। आज पनि सुन एकैदिन २ हजार दुई सयले बढेर एक लाख ४ सयमा कायम भएको हो।

सोमबार सुुनको मूल्य तोलामा ९८ हजार २ सयमा कारोबार भएको थियो।आज चाँदीको मूल्य तोलाको १३ सय ८० रुपैयाँ पुगेको छ। सोमबार १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी ६५ रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। पछिल्लो समय सुनचाँदीको मूल्य घटबढ भइरहको छ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएपछि त्यसको असर नेपालमा समेत देखिएको महासंघले जनाएको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।