आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । तोलाको २ सयले घटेर सोमबार तोलामा ९८ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । 

आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजावी सुनको मूल्य प्रति तोला ९७ हजार ९ सयमा कारोबार भएको थियो । 

यस्तै सोमबार चाँदी तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला  १३ हजार ३५ मा कारोबार भएको थियो ।