आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आइतबार पनि सुन र चाँदीको मूल्य घटेको छ । आइतबार एकै दिन सुनको मूल्य तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रति तोला ९८ हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

यस अघि शुक्रबार सुन ९८ हजार ६ सयमा कारोबार भएको थियो ।  त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रति तोला ९७ हजार ९ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार विहिबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर बढेर १ हजार ३३५ मा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मुल्य एक हजार ३५५ प्रति तोला रहेको थियो ।