च्याम्पियन्स लीगमा बार्साको लज्जास्पद हार, बार्यन ८-२ ले विजयी

च्याम्पियन्स लीगमा बार्साको लज्जास्पद हार, बार्यन ८-२ ले विजयी

काठमाडौं । यूईएफए च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा बार्सिलोनाले लज्जास्पद् हार व्यहोरेको छ ।

पोर्चुगलको लिस्बनमा गएराति भएको खेलमा बार्सिलोना जर्मन च्याम्पियन बार्यन म्युनिखसँग ८-२ ले पराजित भयो ।

जीतसँगै बार्यनले सेमीफाइनल यात्रा तय गरेको छ भने बार्सिलोना क्वार्टरफाइनलबाटै घर फर्किएको छ ।

बार्यनका लागि थोमस मूलर र फिलिपे कउटिन्होले समान २/२, इभान परिसिक, जोसुआ किमिक, रोबर्ट लेबान्दोस्की र सर्जी ग्यानब्रीले १/१ गोल गरे ।

डेबिड अलाबाको उपहार गोल पाएको बार्साका लागि थप एक गोल लुइस सुआरेजले गरे ।

सेमी फाइनलमा बार्यनले म्यान्चेस्टर सिटी र लियोनबीच आज राति हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।