आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । अस्ति घटेर हिजादेखि बढ्न सुरु भएको सुनको मूल्य आज तोलाको ९८ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

चाँदीको मूल्य पनि आज बढेको छ। ६५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला १३ सय ५५ पुगेको छ। कोरोना भाइरसको महामारीका कारण सुन र चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। 

मूल्य लगातार बढेपछि कारोबार भने ठप्प जस्तै छ। विज्ञहरुले सुनको मूल्य अझै बढ्न सक्ने बताएका छन् ।