फेरी बढ्यो सुन मूल्य, कति पुग्यो तोलाको ?

फेरी बढ्यो सुन मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । विहीबार सुन र चाँदीको मुल्य  बढेको छ । विहिबार एकै दिन सुनको मुल्य तोलामा २४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार सुन प्रति तोला ९७ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि बुधबार सुन ९५ हजार ४ सयमा कारोबार भएको थियो ।

 बुधबार सुन तोलामा एकै दिन ६ हजार २ सयले घटेको थियो । त्यस्तै विहीबार तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै विहिबार चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार विहीबार चाँदी प्रतितोला ८५ रुपैयाँले बढेर १ हजार २९५ मा कारोबार भइरहेको छ ।