एकै दिन तोलामा ६ हजार २ सयले घट्यो सुन, कति पुग्यो तोलाको ?

एकै दिन तोलामा ६ हजार २ सयले घट्यो सुन, कति पुग्यो तोलाको ?

काठमाडौं । बुधबार सुन र चाँदीको मुल्यमा व्यापक गिरावट आएको छ । बुधबार एकै दिन सुनको मुल्य तोलामा ६ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रति तोला ९५ हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि मंगलबार सुन एक लाख एक हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रति तोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार चाँदीको मुल्य पनि ठुलो गिरावट आएको छ ।

महासंघका अनुसार बुधबार चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर १ हजार २१० मा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मुल्य एक हजार ४३५ प्रति तोला रहेको थियो ।