आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारयता लगातार घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन ८ सयले घटेको छ । आज सुन १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको छ । 

साताको पहिलो दिन आइतबार सुन ९ सयले घटेको थियो । सोमबार २ सयले घट्दै सुन प्रतितोला १ लाख २ हजार ४०० मा कारोबार भएको थियो । गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने ४० रुपैयाँ बढेको छ । चाँदीको आजको मूल्य प्रतितोला १ हजार ४३५ रुपैयाँ कायम गरिएको छ । यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख १ हजार १०० मा कारोबार भइरहेको छ ।