एनआईसी एसियाबाट सिप्रदीका गाडी किन्दा ६ महिना किस्ता तिर्नु नपर्ने

एनआईसी एसियाबाट सिप्रदीका गाडी किन्दा ६ महिना किस्ता तिर्नु नपर्ने

काठमाडौं । अब एनआईसी एसिया बैंकबाट कर्जा लिएर सिप्रदीको गाडी खरिद गर्दा पहिलो ४ देखि ६ महिनाको किस्ता तिर्नु नपर्ने भएको छ । साथै पहिलो वर्षको वार्षिक ब्याजदरमा परिवर्तन हुने छैन ।

टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा लि. र एनआईसी एसिया बैंकबीच सवारी कर्जा सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा सिप्रदीका तर्फबाट भाइस प्रेसिडेन्ट सौरभराज थपलिया तथा बैकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरे ।

सम्झौता अन्तर्गत अब टाटा गाडीका खरीदकर्ताहरूले पहिलो ४ देखि ६ महिनासम्मको किस्ता बापतको रकम तिर्नु नपर्ने भएको छ, भने पहिलो वर्षको वार्षिक ब्याजजदर परिवर्तन हुने छैन ।

८.२५ वार्षिक ब्याजदरमा सवारी कर्जा प्राप्त गर्न सकिने छ । यस कर्जाको अवधि ८ वर्षसम्मको हुन्छ ।

सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ प्रालिका देशभरि रहेका सम्पूर्ण डिलरहरूबाट उपलब्ध हुनेछ ।

यी अतुलनिय सेवा सुविधा टाटा मोटर्सका अत्याधुनिक डिजाइनका उत्पादनहरू एच फाइभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरूमा उपलब्ध रहेका छन् ।

आफ्ना ग्राहकहरूको सुविधाका लागि कम्पनीले यसप्रकारको विशेष किस्ता प्याकेज १ वर्षसम्म उपलब्ध गराउने छ ।

साथै यो योजना स्टक रहुञ्जेल मात्र लागू हुने कम्पनीले जनाएको छ ।