घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रति तोला एक लाख २ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि शुक्रबार सुन प्रतितोला एक लाख ३ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रति तोला एक लाख २ हजारमा एक सयमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४१० मा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य एक हजार ४०५ प्रति तोला रहेको थियो ।