बार्सा र बार्यन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, समीकरण पूरा

बार्सा र बार्यन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, समीकरण पूरा

च्याम्पियन्स लिग फूटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

गएराति भएका खेलमा नापोलीलाई हराउँदै बार्सिलोना र चेल्सीलाई हराउँदै बार्यन म्युनिखले क्वार्टरफाइनलमा स्थान बनएका छन् ।

दोस्रो लेगमा ३-१ को जीत दर्ता गरेको बार्सिलोना समग्रमा ४-२ ले अघि रह्यो भने चेल्सीलाई दोस्रो लेगमा ४-१ ले हराएको बार्यन ७-१ ले विजयी भयो ।

अब क्वार्टरफाइनलमा यी दुई टीम आमनेसामने हुने छन् ।

क्वार्टरफाइनलको अन्य खेल म्यान्चेस्टर सिटी र लियोन, एट्लान्टा र पीएसजी, एथ्लेटिको मड्रिड र आरबी लेइपिजिङबीच हुनेछ ।