रियल मड्रिड र युभेन्टस दुवै च्याम्पियन्स लिगको क्वार्टरफाइनल नपुग्दै आउट

रियल मड्रिड र युभेन्टस दुवै च्याम्पियन्स लिगको क्वार्टरफाइनल नपुग्दै आउट

काठमाडौं । उपाधिको सदाबहादर दाबेदार मानिने रियल मड्रिड र युभेन्टस च्याम्पियन्स लिग फूटबल प्रतियोगिताबाट बाहिरिएका छन् ।

राउण्ड अफ सिक्स्टिनअन्तर्गत भएको डलब लिगमा म्यान्चेस्टर सिटीसँग समग्रमा ४-२ ले पराजित हुँदै रियल र लियोनसँग अवे गोलमा पछि पर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरिएका हुन् ।

पहिलो लेगमा घरेलु मैदानमा २-१ ले हारेको रियलले सिटीको मैदानमा पनि २-१ कै नतिजा सुम्पियो ।

उता युभेन्टसले भने घरेलु मैदानम २-१ को जित दर्ता गरेपनि लियोनलाई उसैको मैदानमा १-० को नतिजा सुम्पिएका कारण अगाडि जान पाएन ।

दुवै टीमबीच समग्रमा २-२ गोल भएपनि युभेन्टसको मैदानमा गरेको गोल लियोनका लागि वरदान सावित भयो ।

क्वार्टरफाइनलमा अब सिटी र लियोन एकअर्कासँग भिड्नेछन् ।