आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । शुक्रबार पनि सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य तोलामा एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रति तोला एक लाख ३ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो । 

यस अघि विहिबार सुन प्रतितोला एकलाख २ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रति तोला एक लाख ३ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ६० रुपैयाँले बढेर १ हजार ४०५ मा कारोबार भइरहेको छ ।