सुनको मूल्य बढेर रेकर्ड कायम, कति पुग्यो तोलाको ?

सुनको मूल्य बढेर रेकर्ड कायम, कति पुग्यो तोलाको ?

काठमाडौं । पछिल्लो समय लगातार उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ आज तोलाको ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

आज तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको हो । हिजो स्थिर रहेको सुनको भाउ आज भने तोलामा दुई सय रुपैयाँ बढेको हो । 

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएसँगै नेपालमा पनि भाउ महँगो हुँदै गएको हो । आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।