काठमाडौं । नेपाली बजामा सुनको मुल्यले एकपछि अर्को रेकर्ड बनाउने क्रम रोकिएको छैन । कोरोना सङ्क्रमणका कारण लगातार उकालो लागेको सुनको साताको पहिलो दिन तोलामा ३ सय बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तीम दिन शुक्रबार ९९ हजार ३ सयमा कारोबार भएको सुन आइतबार तोलामा ९९ हजार ६ सयमा कारोबार भएको हो ।
अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने संभावना बलियो बन्दै गएको छ । यस्तै चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।