चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कप, अर्टेटालाई पहिलो सिजनमै उपाधि

चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कप, अर्टेटालाई पहिलो सिजनमै उपाधि

एफ ए कपको उपाधि आर्सनलले जितेको छ ।

गएराति भएको फाइनल भिडन्तमा चेल्सीलाई २-१ गोलले पराजित गर्दै आर्सनलले उपाधि उचालेको हो ।

आर्सनलको जीतमा दुबै गोल  अबुमयाङले गरे ।

चेल्सीका लागि क्रिस्टियन पुलासिकले शुरूआती गोल गरेपनि त्यो अग्रता लामो समय कायम रहन सकेन ।

यससँगै मिकेल अर्टेटाले आफ्नो पहिलो सिजनमा नै आर्सनललाई उपाधि जिताएका छन् ।

म्यान्चेस्टर सिटीको सहायक प्रशिक्षक रहेका अर्टेटाले यसै सिजनको मध्यबाट आर्सनलको नेतृत्व सम्हालेका थिए ।

अर्टेटाले आफ्नो खेल जीवनको अन्त्य भने आर्सनलबाटै गरेका थिए ।