मेस्सी, रोनाल्डो, लेबान्दोस्की सबैलाई पछि पार्दै इमोबिलेले जिते गोल्डेन बूट

मेस्सी, रोनाल्डो, लेबान्दोस्की सबैलाई पछि पार्दै इमोबिलेले जिते गोल्डेन बूट

यस वर्षको युरोपीयन गोल्डेन बूट लाजिओका स्ट्राइकर चिरो इमोबिलेले जितेका छन् ।

घरेलु लिगका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो तथा साविक विजेता लियोनल मेस्सी लगायतलाई पछि पार्दै इमोबिले युरोपका सर्वाधिक गोलकर्ता बनेका हुन् ।

यसक्रममा उनले ३६ गोल गरे । गोल्डेन बूटको रेसमा दोस्रो स्थानमा रहेका बार्यन म्युनिखका रोबर्ट लेबान्दोस्कीले ३४ गोल गरे ।

इटालिएन सिरी ए मा भने इमोबिलेपछि दोस्रो स्थानमा रोनाल्डो रहे ।

मेस्सी ला लिगा र लेबान्दोस्की बुन्डेस लिगाका टप स्कोरर रहे ।