सुनको मूल्यमा नयाँ रेकर्ड, ९९ हजार पुग्यो तोलाको

सुनको मूल्यमा नयाँ रेकर्ड, ९९ हजार पुग्यो तोलाको

काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड कायम हुँदै आएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढेर आज प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।