एनआईसी एसिया बैंकले लिलामी गरी बैंकको स्वामित्वमा ल्याएका विभिन्न २७ स्थानका जग्गा लिलाम बढाबढमा बिक्री गर्ने भएको छ ।
बैंकले सार्वजनिक सूचना जारी गरी ७ दिने बोलपत्र आह्वान गरेको हो ।
'यस बैंकको नाममा दर्ता रहेको तपसिलमा उल्लेखित गैर बैंकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी गरिने भएकाले यो सूचना प्रकाशित गरिएको छ,' बैंकद्वारा जारी सूचनामा भनिएको छ ।
ती जग्गाहरू विराटनगर, वीरगञ्ज, भरतपुरदेखि गुलरियासम्मका छन् ।
हेर्नुहोस्, सूचना :