सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम, कति पुग्यो तोलाको ?

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम, कति पुग्यो तोलाको ?

काठमाडाैं । बुधबार सुनको मूल्य झन्डै एक लाख नजिक पुगेको छ। आज प्रतितोला ९८ हजार ५ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य मंगलबार थियो।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। मंगलबार चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । पछिल्लो सातादेखि बढिरहेको चाँदीको मूल्य आज भने घटेको हो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको महासंघले जनाएको छ।