आज पनि बढ्यो सुनको मूल्य, प्रति तोला १ लाख नजिक

आज पनि बढ्यो सुनको मूल्य, प्रति तोला १ लाख नजिक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार दुई सय रुपैयाँले बढेर ९७ हजार ५ सयमा कारोवार भएको नेपाल सुनचादी ब्यवसायी महासंघले जनाएको छ । गत बुधबारदेखि सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ ।

हिजो पनि सुनको मूल्य प्रति तोला पाँच सयले बढेको थियो । त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ६० पुगेको छ । चाँदी पनि प्रति तोला ५५ रुपैयाँले बढेर १ हजार २ सय १० रुपैया प्रति तोलामा कारोवार भैरहेको छ ।

सुनको भाउ महँगो हुँदा बिक्री भने ठप्प जस्तै भएको छ । कोरोना संक्रमणका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा सुनको मुल्य बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।