साग पुरुष फुटबलमा नेपालको चौथो जित ,भुटानलाई २-१ले हरायो

साग पुरुष फुटबलमा नेपालको चौथो जित ,भुटानलाई २-१ले हरायो

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपाल २-१ गोलअन्तरले बिजयी भएको छ । नेपालकालागि खेलको १७ औं मिनेटमा अभिषेक रिजालले पहिलो गोल गरेका थिए भने खेलको ३८ औं‌ मिनेटमा भुटानले जवाफी गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो ।

भुटानका लागि कप्तान चेम्भो ग्याल्चेनले नेपाललाई बराबरी गोल फर्काएका थिए । दोस्रो हाफमा ५४ औं मिनेटमा नेपालका लागि सुनिल बलले गोल गरेका हुन् । खेलको अन्तिम सम्मपनि भुटानले गोल फर्काउन नसकेपछि नेपाल २-१ गोलअन्तरले बिजयी बनेको छ ।

यसअघि नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो । नेपाल १२ औं सागको स्वर्ण विजेता हो । नेपालले १२ औं सागमा भारतको भूमिमा भारतलाई नै पराजित गर्दै स्वर्ण जितेको थियो । भारत यस संस्करणको फुटबलमा सहभागी छैन ।