१३औं सागमा सनिलले जिते स्वर्ण

१३औं सागमा सनिलले जिते स्वर्ण

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद सागको बक्सिङतर्फ सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतको भिरेन्दर सिंहलाई हराउदै स्वर्ण पदक जितेका हुन् ।