तोलामा १३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

तोलामा १३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । बुधबार एकै दिन तोलामा १३ सय वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक  मूल्य पुगेको छ । बुधबार एकैदिन सुनको भाउ प्रतितोला १३ सय बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ३५ रुपैयाँ पुगेको छ ।

मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २६० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य १ हजार ४० रुपैयाँ रहेको थियो ।