सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडाैं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । सोमबार ९२ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

आज तेजावी सुनको मूल्यमा पनि बढेको छ । सोमबार प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँ तोकिएको तेजावी सुन मूल्य आज प्रतितोला ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेको छ । सोमबार १ हजार रुपैयाँमा कारोबार भइरहेको चाँदी आज प्रतितोला १ हजार ४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।