एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिप खेल्ने टोलीको घोषणा

एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिप खेल्ने टोलीको घोषणा

काठमाडौं: नेपाल भलिबल संघले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिप खेल्ने टोलीको घोषणा गरेको छ । थाइल्याण्डमा गरेको वैदेशिक प्रशिक्षणका आधारमा १८ खेलाडीमध्ये १२ जनाले बंगलादेशमा हुने सेन्ट्रल जोन खेल्ने भएका हुन् ।

नेपाली टिममा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सफिया पुन, उषाकुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् । अरुणा शाहीलाई कप्तानको जिम्मेवारी दिइएको छ ।

नेपालले थाइल्याण्डको महिला टोलीसँग ७ वटा मैत्रिपूर्ण म्याच खेलेको थियो । जसमा नेपालले चारवटामा जीत र तीन वटामा हार ब्यहोरेको थियो । एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, तुर्कि्मिनिस्तान, अफगानिस्तानले खेल्नेछन् यो प्रतियोगितालाई नेपालले मंसिरमा आयोजना हुने १३ औंँ दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा पनि लिइएको छ । नेपाली टिम बिहीबार बंगलादेश जाने छ।