पठाओका संस्थापक फहीम सालेहको शव फेला

पठाओका संस्थापक फहीम सालेहको शव फेला

न्युयोर्क । पठाओका संस्थापक फहीम सालेहको शव न्यू योर्कमा रहेको उनको आफ्नै अपार्टमेन्टमा भेटिएको छ। न्युयोर्क पुलिस विभाग (एनवाईपीडी)का सदस्यहरूले मंगलबार दिउँसो उनको अपार्टमेन्टमा उनको मृत शरीर भेट्टाएका थिए, जुन अपार्टमेन्ट उनले गत वर्ष २.२५ मिलियन डलरमा किनेका थिए ।

प्रहरीले जनाए अनुसार  उनको शरीर काटिएको र  बिच्छिन्न अवस्थामा कोठामा भेटिएको थियो, जहाँ छेउमै बिजुली सकेट जडान गरिएको थियो । सिसि क्यामरा फुटेजमा हेर्ने हो भने फहीमलाई सोमबार लिफ्टमा चढिरहेको देखाउँदछ, उनि संगसंगै  एकजना अपरिचित व्यक्ति जसले हातमा  ग्लोभ्स, टाउकोमा टोपी र अनुहारमा मास्क लगाएको थियो।    

बेंटले युनिवर्सिटीबाट  कम्प्युटर विज्ञान र ईन्जिनियरिमा स्नातक गरेका ३३ बर्से फाहिमले २०१५मा  हुसेन एम एलियस र शिफत अदनानसँग मिलेर पठाओ नाम गरेको मोबाइल एप बंगलादेशबाट सुरु गरेका थिए ।