गौरिका सिंहले नेपालका लागि रचिन् इतिहास

गौरिका सिंहले नेपालका लागि रचिन् इतिहास

काठमाडौँ —१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा नेपालकी गौरिका सिंहले नेपालको इतिहासमा एउटै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

सोमबार भएको १ सय मिटर फ्रिस्टाइलमा भारतकी शिवांगी शर्मालाई उछिन्दै गौरिकाले नेपालको लागी ४९ स्वर्ण हात पारेकी छन् । गौरिकाले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पुरा गरिन् भने भारतकी शिवांगी शर्माले निर्धारित दूरी ५८ दशमलव १५ सेकेन्डमा पुरा गर्दै रजत हात पारिन ।