नेकपा सचिवालय बैठकः पार्टीको विधान संशोधन,उपनिर्वाचनको समीक्षा अर्को बैठकमा (भिडियोसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको विधानमा केही संशोधन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले यसभन्दा अगाडीको स्थायी कमिटि बैठकको निर्देशन मान्दै पार्टीको विधानमा केही संशोधन गरेको हो । पार्टी संशोधनका विषयमा यस अघि सचिवालय बैठकमा नै भएका निर्णयलाई आधार बनाई संशोधन प्रस्ताव तयार गरिने छ ।

स्थायी कमिटी र आवश्यकता अनुसार केन्द्रीय कमिटीमा पेश गरेपछि सो प्रस्ताव कार्यान्वयनमा जाने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसैगरी बैठकले गत मंसिर १४ गते भएको उपनिर्वाचनको समिक्षात्मक रिपोर्टका विषयमा आगाीमी सचिवालय बैठकमा छलफल गर्ने भएको छ । त्यसैगरी, बैठकमा संगठन विभागले विभागको तर्फबाट कार्ययोजनासम्बन्धी प्रस्ताव प्रस्तुत गरेको छ । उक्त प्रस्तावका बारेमा सचिवालयले पार्टी अध्यक्षलाई सुझाव पेश गर्ने र सुझावहरुको वारेमा संगठन विभागका प्रमुखसँग परामर्श गरी अध्यक्षले उक्त प्रस्तावलाई पार्टीको सचिवालय बैठकमा निर्णयार्थ अर्को बैठकमा प्रस्तुत गर्नेे प्रवक्ता श्रेष्ठले बताए ।

विभिन्न जिल्लाहरुमा संगठनात्मक क्षेत्रमा देखिएका केही समस्याहरुका सन्दर्भमा आवश्यक छानविन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिइएको छ । केन्द्रीय निकायहरु केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग र विभागको पूर्णताका लागि प्रमुख र उपप्रमुखहरुले ७ दिनभित्र महासचिवमार्फत प्रस्ताव प्रस्तत गरी सचिवालय बैठकले सवै निकाय र विभागलाई पूर्णता दिने गरी निर्णय लिने विषयमा समेत छलफल भएको थियो ।

त्यस्तै कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले पदबाट दिएको राजीनामा अस्वीकृत गर्दै काममा फर्किन निर्देशन दिएको छ । सचिवालयको अर्को बैठक मंसीर २७ गते फेरी बस्ने छ भने दुई दिनमा सक्नेगरी स्थायी किमिटिको बैठक मंसिर २९ गतेका लागि बोलाइएको प्रवत्ता श्रेष्ठले बताए ।

https://www.facebook.com/bishnu.jugal/videos/1447091408800051/