सुनको मूल्य तोलाको दुई लाख रुपैयाँ नजिक

सुनको मूल्य तोलाको दुई लाख रुपैयाँ नजिक

काठमाडौैं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज बृद्धि भएर १ लाख ९९ हजार ४ सय कायम भएको हो।

यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज २ हजार ३२५ मा कारोबार भएको महासंघले जनाएको छ।