इंग्लिस प्रिमियर लिग फूटबलः गएरातिका खेलमा चेल्सी र वाटफोर्ड विजयी

इंग्लिस प्रिमियर लिग फूटबलः गएरातिका खेलमा चेल्सी र वाटफोर्ड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फूटबलमा चेल्सी र वाटफोर्ड विजयी भएका छन् ।

प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि ३-२ गोलको जित निकालेको हो । क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जिरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक-एक गोल गरे ।

जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले ३४ खेलबाट ६० अंक जोडेको छ ।

लिगकै अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २-१ गोलले पराजित गरेको छ । त्यस्तै लेस्टर सिटी र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका छन् ।