राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक खड्काले राजीनामा दिए

राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक खड्काले राजीनामा दिए

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा भारतसँग २(० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् ।

पोखरामा भएको फाइनल हारसँगै नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ । ‘गोल्डको टार्गेट लिएर हिँडेको तर तार्गेट पुरा गर्न नसक्दा मैले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको खडकाले बताएका छन् । खड्कको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँगै हारेको थियो ।

फाइनलमा नेपालले पाएको अवसरलाई सदुपयोग गर्न नसकेको तर भारतले पाएको दुबै अवसरमा गोल गरेको उनले सुनाएन । ‘डिफेन्स र गोलकिपरबीच कम्युनिकेशन ग्याप भएका कारण गोल हुनपुग्यो । समग्र प्रतियोगताले नेपालको स्ट्राइकिङ जोनमा अझै सुधार गर्नुपर्ने देखिएको खड्काले सुनाए ।