कुलमान घिसिङलाई पितृशोक

कुलमान घिसिङलाई पितृशोक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ ।

घिसिङका बुबा कृपासिंह घिसिङको ९८ वर्षको उमेरमा गएराति काठमाडौंमा निधन भएको हो । कुनै दीर्घरोग नलागेका घिसिङ सुकेधारास्थित निवासमा गएराति एक्कासी बेहोस भएका थिए, तत्कालै मेडिकेयर अस्पताल लगिए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको परिवारले जनाएको छ ।

उनका कुलमान घिसिङसहित ६ जना छोरा र  तीन जना छोरी रहेका छन् । उनको स्वयम्भूमा आजै अन्त्येष्टि गरिंदैछ ।