१३औं साग : क्रिकेटमा नेपालले जित्यो काश्य पदक

१३औं साग : क्रिकेटमा नेपालले जित्यो काश्य पदक

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद ९साग०को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६।१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।

नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाएका हुन् । विनोद भण्डारी १२ रनमा आउट भएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । उसका लागि लेम शफीगले १९ रन बनाए भने मोहम्मद रिशवनले १७ रन जोडे भने नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिएका हुन्।