काठमाडौं । पछिल्लो २४ घण्टायता नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १३ हजार ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ४ जना पुरुष, सिराहाका एकजना महिला र ९ जना पुरुष, उदयपुरका २ जना पुरुष, झापाका २ जना महिला र ३ जना पुरुष र सुनसरीका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संखुवासभाका ३ जना पुरुष, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका २ जना महिला र १९ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुुषाका ३ जना पुरुष, रौतहटका ५ पुरुष र महोत्तरीका २९ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका ७ जना महिला र २० जना पुरुष, बाजुराका एकजना पुरुष, काठमाडौंका २ जना पुरुष, रौतहटका २ जना पुरुष, स्याङ्जाका एकजना पुरुष, गुल्मीका एकजना पुरुष, सिन्धुपाल्चोकका एक महिला र एकजना पुरुष, गोरखाका एकजना पुरुष, सर्लाहीका एकजना महिला र ७ जना पुरुष, भक्तपुरका एक महिला र बाग्लङुका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका एकजना पुरुष, काठमाडौंका एकजना महिला, ललितपुरका एकजना पुुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका उकजना महिला, बैतडीका एकजना पुरुष, डोटीका एकजनामहिला र१४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना महिला र५ जना पुरुष र म्याग्दीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । डा गौतमका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका एकजना महिला र ८ जना पुरुष, लमजुङका ३ महिला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका एक महिला र २ जना पुरुष र तनहुँका ३ महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ महिला र५ पुरुष, पाल्पाका ३ महिला र १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यानका एकजना महिला र एकजना पुरुष, दाङका २ महिला र १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा रुकुम पश्चिमका एकजना महिला र ७ जना पुरुष,बाजुराका १६जना महिला र ३२ जना पुरुष, बाँकेका एकजना पुरुष र दैलेखका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका एकजना महिला र२ जना पुरुष, बाजुराका एकजना महिला र एकजना पुरुष, डडेल्धुराका २ महिला र डोटीका १३ महिला र २ जना पुरुष र कैलालीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६० जना कोरोना संक्रमणमुक्त भएका छन्।