काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा स्थायी समिति सदस्यरुले आफ्ना धारणा राख्नेछन् ।
आजको बैठकमा सरकारका कामकारबाही र एमसीसीबारे छलफल हुने बताइएको छ। यसअघि तीन दिनसम्म सीमा समस्याबारे छलफल भएको थियो। स्थायी समिति सदस्यहरुले प्रधानमन्त्रीले दिएका अभिव्यक्तीबारे जानकारी माग्ने तयारी समेत गरेका छन्।
आइतबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले भारतको इसारामा आफुलाई हटाइन लागेको आरोप लगाएका थिए। आफूलाई आएको खतराको सूचना बैठकलाई जानकारी गराउनुपर्ने माग समेत उनीहरूको छ ।
आजको स्थायी समितिको बैठकको डेकोरेसन पनि परिवर्तन गरिएको छ। यसअघिका बैठकमा बालुवाटारको हलभित्र स्थायी समिति सदस्यहरू तल र दुई अध्यक्षसहित सचिवालय सदस्यलाई उचो स्थानमा बस्ने व्यवस्था मिलाइएको थियो।
मंगलबारको बैठकमा भने सबै जना एउटै फ्लोरमा राखिएका कुर्सीमा बसेका छन्।