काठमाडौं उपत्यकामा थपिए ८ जनामा संक्रमित

काठमाडौं उपत्यकामा थपिए ८ जनामा संक्रमित

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यहाँ कोरोना पुष्टि भएका मध्ये २ महिला र २ पुरुष छन्। त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी पाटन अस्पताल प्रयोगशालामा काठमाडौंका १ र ललितपुरका १ पुरुष गरी उपत्याकाका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय महाराजगंज प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एक पुरुषमा संक्रमण पुष्टि भएको छ।