१३ औँ साग : गौरिकाकाे नया इतिहास

१३ औँ साग :  गौरिकाकाे नया इतिहास

काठमाडौं : १३ औँ सागमा दक्षिण एसियाली खेलकुद सागको पौडी अन्तरगत जलपरी गौरिका सिंहले ४०० मिटर फ्री स्टाइलमा उनले तेस्रो स्वर्ण जितेकी छन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५।२८ सेकेण्डमा पुरी गरिन् । ४ मिनेट २६।२२ मिनेटमा निर्धारित दुरी पार गरेकी भारतकी सिभांगी शर्माले रजत र ४ मिनेट ४१।९१ मा दुरी पार गरेकी श्रीलंकाकी रमुदी नुरालाले काश्य जितेकी छन् ।

यससँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । उनले २०० मिटर फ्री स्टायल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । यस्तै १०० मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी छन् भने महिला ४ सय मिटर फ्री स्टायलमा गौरिकासहितको टिमले काश्य जितेको छ ।