ललितपुरमा उपचाररत एक संक्रमितको ज्यान गयो, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ पुग्यो

ललितपुरमा उपचाररत एक संक्रमितको ज्यान गयो, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ पुग्यो

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गएको छ । स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको गएराति ज्यान गएको हो । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ ।

कोरोना परीक्षणको क्रममा ती युवकमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको २९ पुगेको छ ।

नेपालमा १२ हजार ७ सय ७२ जनामा संक्रमण पुष्टि भएकोमा ३ हजार १३ जना उपचारपछि घर फर्किएका छन् ।